गोंगबुबाट १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ « Khabarhub

गोंगबुबाट १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले गोंगवुस्थित एक घरमा छापामारि शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ पर्नेमा पोमबहादुर कुँवर छन् ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार, नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन् । प्रहरीले एकजनाको कोठाबाट एक हजार दरका ११ वटा र अर्कोको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ४७ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ