गोंगबुबाट १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ « Khabarhub

गोंगबुबाट १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले गोंगवुस्थित एक घरमा छापामारि शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ पर्नेमा पोमबहादुर कुँवर छन् ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार, नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन् । प्रहरीले एकजनाको कोठाबाट एक हजार दरका ११ वटा र अर्कोको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ४७ बजे

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

सुर्खेत – जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष

चितवनमा ट्रकले किचेर एक जनाको मृत्यु

चितवन – मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले

धार्मिक अतिवादी नेतृत्वको परिणाम भोग्दै इरान

‘तिनीहरूले मलाई पिठ्युँमा हिर्काए। एउटा अधिकारी आएर मेरो डाढमा बुट

नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसिया – मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

काठमाडौं – भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१