राष्ट्रपतिबाट वसन्त श्रवण « Khabarhub

राष्ट्रपतिबाट वसन्त श्रवण


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आइतबार बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरेकी छिन् ।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरेका थिए ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकद्वय पनि वसन्त श्रवणका लागि हनुमानढोका पुगेका थिए ।

त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ५२ बजे

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

काठमाडौं– नेकपा एमालेमा ‘ग्याङ अफ फोर’ भनेर परिचित भएको टिमबाट

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी