टिपरको ठक्करबाट एकको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट एकको मृत्यु


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिका-२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिब ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो ।

उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नयन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : १० बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज