‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’ « Khabarhub

‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको गरिमा र प्रतिष्ठानसँगै देशको गरिमा र प्रतिष्ठा जोगाउन गाह्रो हुने बताए ।

खेल क्षेत्रमा अहिले जुन ऐतिहासिक विरासत हासिल भएको छ त्यसलाई जोगाउनका लागि पनि खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । खेल सङ्घमा विवाद र समस्या रहेकाले ती विकृतिलाई नष्ट गरेर खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन कार्य प्रारम्भ गरेको बताए ।

विवादमा रहेका सङ्घलाई राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने नीति मन्त्रालयले लिएको बताउँदै उहाँले सङ्घमा भएका विवाद समाधान गरेर खेल क्षेत्रको विकास गरिने बताए ।

भरतपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका विषयमा सरकारले सकारात्मक रुपमा हेरिरहेको बताउँदै उनले भने, “सरकारी, निजी र गैरसरकारी क्षेत्रमा भएका स्रोत साधनको परिचालन गरेर संरचना निर्माण गर्ने कुरालाई सकारात्मक ढङ्गबाट लिनुपर्छ ।”

धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि गरेको घोषणा खेलका संरचना निर्माण गर्ने दिशातर्फ एउटा सकारात्मक कदम भएको उनको भनाइ छ । सबै स्थानीय तहमा एउटा÷एउटा खेल ग्राम निर्माण गर्ने कार्ययोजनाका साथ स्थानीय खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको मन्त्री विश्वकर्माले जानकारी दिए  ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ३५ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका