सन्दीपको उत्कृष्ट प्रदर्शनले मेलबर्न विजयी, लिए ३ विकेट « Khabarhub

सन्दीपको उत्कृष्ट प्रदर्शनले मेलबर्न विजयी, लिए ३ विकेट


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले सिड्नी सिक्सरविरुद्ध आफ्नो प्रभाव देखाउन सफल भएका छन् । सन्दीपले लय समातेको खेल मेलबर्नले ९४ रनले जितेको छ ।

यसअघिको आफ्नो पाँचौ खेलमा विकेट विहीन बनेका सन्दीपले आइतबार सिक्सरविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले मेलबर्नका लागि ३.४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिए ।

खेलको आठौं ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा २ रन खर्चेर टोम कुरानलाई एलबिडब्लु धराप पार्दै पहिलो विकेट लिए । खेलको दोस्रो विकेटमा उनले वेन डुवासियुसलाई कप्तान ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट गराएका थिए ।

यस्तै, आफ्नो अन्तिम ओभरमा सन्दीप्ले लायड पोपेलाई मार्कुस स्टोनिसको हातबाट क्याच आउट गराउँदै मेलबर्नलाई जित दिलाएका हुन् । त्यस्तै, उनले सिक्सरका कप्तान मोइसिस हेनरिक्युजलाई कप्तान ग्लेन म्याक्सवेलको बलमा क्याच आउट समेत गरेका थिए ।

योसँगै सन्दीपले बीबीएलमा विकेट संख्या ११ पुगेको छ भने टोली सेमिफाइनलमा प्रवजेश गरेको छ । सेमिफाइनलमा होर्बट हुरिक्यान्सविरुद्ध बिहीबार खेल्नेछ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले