सन्दीपको उत्कृष्ट प्रदर्शनले मेलबर्न विजयी, लिए ३ विकेट | Khabarhub Khabarhub

सन्दीपको उत्कृष्ट प्रदर्शनले मेलबर्न विजयी, लिए ३ विकेट


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले सिड्नी सिक्सरविरुद्ध आफ्नो प्रभाव देखाउन सफल भएका छन् । सन्दीपले लय समातेको खेल मेलबर्नले ९४ रनले जितेको छ ।

यसअघिको आफ्नो पाँचौ खेलमा विकेट विहीन बनेका सन्दीपले आइतबार सिक्सरविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले मेलबर्नका लागि ३.४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिए ।

खेलको आठौं ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा २ रन खर्चेर टोम कुरानलाई एलबिडब्लु धराप पार्दै पहिलो विकेट लिए । खेलको दोस्रो विकेटमा उनले वेन डुवासियुसलाई कप्तान ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट गराएका थिए ।

यस्तै, आफ्नो अन्तिम ओभरमा सन्दीप्ले लायड पोपेलाई मार्कुस स्टोनिसको हातबाट क्याच आउट गराउँदै मेलबर्नलाई जित दिलाएका हुन् । त्यस्तै, उनले सिक्सरका कप्तान मोइसिस हेनरिक्युजलाई कप्तान ग्लेन म्याक्सवेलको बलमा क्याच आउट समेत गरेका थिए ।

योसँगै सन्दीपले बीबीएलमा विकेट संख्या ११ पुगेको छ भने टोली सेमिफाइनलमा प्रवजेश गरेको छ । सेमिफाइनलमा होर्बट हुरिक्यान्सविरुद्ध बिहीबार खेल्नेछ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ५२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड