सरकारको काममा अवरोध नपुर्‍याउन मन्त्री बाँस्कोटाको आग्रह | Khabarhub Khabarhub

सरकारको काममा अवरोध नपुर्‍याउन मन्त्री बाँस्कोटाको आग्रह


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपुर्‍याउन सबैमा आग्रह गरेका छन् ।

बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उनले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानून ल्याइएको बताउँदै भने, “जब जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ । बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा मन्दिर बनाइने बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ०० बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज