मन्त्रालयमा डाक्टरको धर्नामा प्रहरी हस्तक्षेप, ३ चिकित्सक घाइते, २५ पक्राउ « Khabarhub

मन्त्रालयमा डाक्टरको धर्नामा प्रहरी हस्तक्षेप, ३ चिकित्सक घाइते, २५ पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ जना चिकित्सक पक्राउ परेका छन् ।

कर्मचारी समयोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रालय भित्र धर्नामा रहेका सरकारी चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नो माग सम्बोधन गर्न सरकारलाई दबाव दिँदै उनीहरु बिहान १० बजेदेखि नै स्वास्थ्यमन्त्रालयमा धर्ना दिन बसेका थिए । आफूहरुको शान्तीपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरी लाठीचार्जसमेत गरेको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘सरकारले हामीसँग गरेको सहमति कार्यन्वय गर्न माग गर्दै हामीले स्वास्थ्य मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिएका थियौं, प्रहरीले साढे १ बजे हाम्रो शान्तिपूर्ण धर्नामा दमन गर्यो‍’ गोदानका अध्यक्ष पाण्डेले भने, ‘हाम्रा ३ जना चिकित्सक साथीहरु घाइते हुनुभएको छ । २५ जनालाई प्रहरीले गिरपर्तार गरेको छ ।’

प्रहरीको लाठीचार्जमा डाक्टर सुबोध ज्ञावली, डा. कपिल गौतम र डा. राकेश यादव घाइते भएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयमा धर्ना दिने चिकित्सकलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : २३ बजे

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले