सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्ने रकम बढ्यो « Khabarhub

सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्ने रकम बढ्यो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आफ्नो मुलुकमा सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्दै आएको रकम बढाउने भएको छ । अमेरिकाले आफ्नो मुलुकमा सेना राखेबापत यसअघि ९ खर्ब ६० अर्ब वन तिर्दै आएकोमा अब दक्षिण कोरियाले त्यसलाई बढाएर हरेक वर्ष १० खर्ब भन्दा बढी तिर्नेछ । यस विषयमा आइतबार हस्ताक्षर भएको दक्षिण कोरियाली विदेशमन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका मामिलामा अमेरिकासँग निर्भर मुलुकहरुलाई आफ्नो उचित हिस्साको रकम तिर्न आग्रह गर्दै आएका थिए । त्यसैक्रममा दक्षिण कोरियासँग यस्तो सम्झौता भएको बताइएको छ । यो सम्झौता कार्यान्वयनमा आउनका लागि सुरुमा दक्षिण कोरियाको संसद्बाट पारित हुनुपर्ने प्रावधान छ ।

दक्षिण कोरियाले हरेक ५ वर्षमा नविकरण हुनेगरी अमेरिकासँग सुरक्षा सम्झौता गर्दै आएको छ । तर, पछिल्लो सम्झौताको म्याद भने केबल एक वर्ष छ । सन् १९५३ को कोरियाली युद्ध यता निरन्तर उत्तर कोरियाको सैनिक आक्रमणको भयका माझ दक्षिण कोरियामा २८ हजारभन्दा धेरै सैनिक तैनाथ छन् । अमेरिका र दक्षिण कोरियाले नियमित रुपमा संयुक्त बृहद सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ४८ बजे

विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

जनकपुरधाम- त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनःजीवन्त बनाउँदै जनकपुरधाममा मनाइने

शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन

नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर

‘नागरिकको सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना बनाउन सकिन्छ’

भक्तपुर- भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिक भावना, कर्तव्यबोध र

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे

दशौँ राष्ट्रिय खेलकुद सङ्घीयताको मर्मअनुसार सञ्चालन हुने

कर्णाली- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३