जितसँगै रियल ला लीगाको दोस्रो स्थानमा उक्लियो, बार्सिलोनाभन्दा ५ अंकले पछि « Khabarhub

जितसँगै रियल ला लीगाको दोस्रो स्थानमा उक्लियो, बार्सिलोनाभन्दा ५ अंकले पछि


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिबार राति भएको स्पेनिस ला—लीगामा एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका ग्यारेथ बेलले रियल मड्रिडमा आफ्नो १ सय गोल पुरा गरेका छन् । वान्डा मेट्रोपोलिटोन रंगशालामा भएको खेलमा घरेलु टोली एट्लेटिकोलाई रियलले ३—१ गोल अन्तरले पराजित गर्यो ।

रियलका लागि कासिमिरोले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि खेलको २५ औं मिनेटमा एट्लेटिकोका एन्टोइनि ग्रिज्म्यानले गोल गर्दै रियलविरुद्ध बराबरी फर्काएका थिए ।

तर, कप्तान सर्जियो रामोशले खेलको ४६ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि २—१ गोल अन्तरले अग्रता बनाएको थियो ।

त्यस्तै, खेलको ७४ औं मिनेटमा रियलका स्टार खेलाडी ग्यारेथ बेलले उत्कृष्ट गोल गर्दै रियलमा आफ्नो सय गोल पुरा गरेका छन् ।

जितसँगै लिगमा रियल दोस्रो स्थानमा फर्किएको छ । शीर्ष स्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि रहेको रियलको ४५ अंक भएको छ भने पराजित एट्लेटिकोको ४४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार