न्युजिल्याण्डको डढेलो नियन्त्रणबाहिर | Khabarhub Khabarhub

न्युजिल्याण्डको डढेलो नियन्त्रणबाहिर


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  न्युजिल्याण्डको दक्षिणी टापुमा ६ दिनअघि शुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोबाट प्रभावित ३ हजारभन्दा धेरै भागेर सुरक्षित स्थान पुगेका छन् भने अरु ७० हजारभन्दा धेरै मानिस डढेलोको जोखिममा छन् ।

नेल्सन शहरनजिक ६ दिनअघि सुरु भएको डढेलो अहिले वेकफिल्ड शहरतर्फ बढिरहेको छ । डढेलोबाट कुनै मानवीय क्षति नभएको र एउटा मात्र घरमा क्षति पुगेको बताइएको छ ।

अग्नी नियन्त्रणको प्रयासका लागि २३ हेलिकोप्टर र २ विमान तैनाथ गरिएपनि हावाहुरीले समस्या पारिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो डढेलोलाई न्युजिल्याण्डमा सन् १९५५ यताकै सबैभन्दा खतरनाक डढेलोको संज्ञा दिइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : ०१ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा