मेक्सिकोमा फेरि एक पत्रकारको हत्या « Khabarhub

मेक्सिकोमा फेरि एक पत्रकारको हत्या


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको छ । मेक्सिकोको खाडीको तटमा रहेको दक्षिणी राज्य टबास्कोमा बन्दुकधारीले एकजना रेडियो पत्रकारको हत्या गरेको अधिकारीले जनाएका छन् ।

आफू काम गर्ने रेडियोस्टेशन नजिकै होटेलमा खाजा खाइरहेका बेला पत्रकार हेसुस युहेनियो रामोसलाई अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए । एमिलियानो जापता शहरको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

यो हत्यासँगै यो वर्षभित्र मेक्सिकोमा हत्या हुने पत्रकारको सङ्ख्या दुई पुगेको छ भने डिसेम्बर १ मा राष्ट्रपति आन्द्रज म्यानुअन लोपेज ओब्रादोरले जिम्मेवारी सम्हालेयता तीन जना पत्रकारको हत्या भइसकेको छ । रामोसले स्थानीय रेडियोमा ‘आज हाम्रो क्षेत्रमा’ नामक समाचारमुलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

राज्यकै प्रतिष्ठित पत्रकारको हत्याबारे अनुसन्धान गरिने र हत्यारालाई कारवाहीको दायरामा ल्याइने राज्यका गभर्नरले जनाएका छन् । लागूऔषध कारोबारीको निकै सक्रियता रहने मेक्सिकोमा गत वर्षमात्रै ३३ हजार जनाको हत्या भएको तथ्याङ्क छ ।

मेक्सिकोलाई पश्चिमी गोलार्धमा पत्रकारका लागि सबैभन्दा खतरनाक मुलुकको सूचिमा राखिने गरेको छ भने सन् २००० यता मात्रै मेक्सिकोमा १ सय २२ जना पत्रकारको हत्या भइसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : १९ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च