रियालिटी शो ‘सारेगमप’मा तेस्रो बने नेपालका प्रितम आचार्य « Khabarhub

रियालिटी शो ‘सारेगमप’मा तेस्रो बने नेपालका प्रितम आचार्य


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बालक प्रितम आचार्य भारतको टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गायन प्रतियोगिता “सा रे ग म प् लिटल च्याम्प्स”मा तेस्रो बन्न सफल भएका छन् ।

आइतबार राति सम्पन्न फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम तेस्रो बन्न सफल भएका हुन् । ‘टप-६’ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन्। यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने मोहम्मद कैफ दोस्रो भए ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ‘रियालिटी शो’ को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ‘ग्र्यान्ड फाइनल’ मा पनि निर्णायक र पाहुनाहरूको मन जित्न सफल बने ।

कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको ‘सन्देशे आते है’र ‘तडप तडपके’  खुबै रूचाइएको थियो ।

त्यसो त यस्ता भारतीय शोहरुमा नेपालका धेरैले जित हासिल गरिसकेका छन् ।

को हुन प्रितम ?

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेको उनको परिवारले बताएको छ । कक्षा ६ मा अध्ययनरत आर्चाय २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा पनि दोस्रो भएका थिए ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । मात्र ११ वर्षका प्रितमले आफु ५ वर्षको हुदा नै गाउनमा लागिसकेका थिए । ५ वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दा उनको गायकी मात्र हैन उनको बोलीको आत्माविश्वास र शैली नै पुरै परिवर्तन भैसकेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खाध्गोदम भन्ने ठाउमा बस्दै आएका प्रितम सानै उमेरदेखि निकै चर्को–चर्को स्वरमा गाउथे । जस्तो सुकै गीत पनि निकै मिठासका साथ गाउने खुबी भएका प्रितमले इटहरी मै भएको स्कुल आइडल मा पनि भाग लिएर टप ६ सम्म पुग्न सफल भएका थिए ।

त्यहि बाटै उनको संगीत यात्राको थालनी भएको हो । इटहरी मा आयोजना हुने हरेक सांगीतिक कार्यक्रममा उनको सहभागिता हुने गरेको थियो । त्यहिबाटै सबैको माया, साथ्, हौसला र प्रशंशा बाट उनि आज संगीतको महामंच सारेगमप् लिटल च्याम्प्समा सफल भएका हुन् ।

उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसला आइडल का उपविजेता पनि हुन् । इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्यनरत प्रितम परिवारका दोश्रो सन्तान हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ०० बजे

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा