रियालिटी शो ‘सारेगमप’मा तेस्रो बने नेपालका प्रितम आचार्य « Khabarhub

रियालिटी शो ‘सारेगमप’मा तेस्रो बने नेपालका प्रितम आचार्य


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बालक प्रितम आचार्य भारतको टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गायन प्रतियोगिता “सा रे ग म प् लिटल च्याम्प्स”मा तेस्रो बन्न सफल भएका छन् ।

आइतबार राति सम्पन्न फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम तेस्रो बन्न सफल भएका हुन् । ‘टप-६’ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन्। यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने मोहम्मद कैफ दोस्रो भए ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ‘रियालिटी शो’ को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ‘ग्र्यान्ड फाइनल’ मा पनि निर्णायक र पाहुनाहरूको मन जित्न सफल बने ।

कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको ‘सन्देशे आते है’र ‘तडप तडपके’  खुबै रूचाइएको थियो ।

त्यसो त यस्ता भारतीय शोहरुमा नेपालका धेरैले जित हासिल गरिसकेका छन् ।

को हुन प्रितम ?

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेको उनको परिवारले बताएको छ । कक्षा ६ मा अध्ययनरत आर्चाय २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा पनि दोस्रो भएका थिए ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । मात्र ११ वर्षका प्रितमले आफु ५ वर्षको हुदा नै गाउनमा लागिसकेका थिए । ५ वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दा उनको गायकी मात्र हैन उनको बोलीको आत्माविश्वास र शैली नै पुरै परिवर्तन भैसकेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खाध्गोदम भन्ने ठाउमा बस्दै आएका प्रितम सानै उमेरदेखि निकै चर्को–चर्को स्वरमा गाउथे । जस्तो सुकै गीत पनि निकै मिठासका साथ गाउने खुबी भएका प्रितमले इटहरी मै भएको स्कुल आइडल मा पनि भाग लिएर टप ६ सम्म पुग्न सफल भएका थिए ।

त्यहि बाटै उनको संगीत यात्राको थालनी भएको हो । इटहरी मा आयोजना हुने हरेक सांगीतिक कार्यक्रममा उनको सहभागिता हुने गरेको थियो । त्यहिबाटै सबैको माया, साथ्, हौसला र प्रशंशा बाट उनि आज संगीतको महामंच सारेगमप् लिटल च्याम्प्समा सफल भएका हुन् ।

उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसला आइडल का उपविजेता पनि हुन् । इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्यनरत प्रितम परिवारका दोश्रो सन्तान हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ०० बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा