रंगशालामा डोजर चलाउने चार जना रिहा– क्षमायाचना गर्दै भत्काएको बार बनाउने प्रतिबद्धता « Khabarhub

रंगशालामा डोजर चलाउने चार जना रिहा– क्षमायाचना गर्दै भत्काएको बार बनाउने प्रतिबद्धता


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन् ।

डोजर प्रकरणका मुख्य आरोपी प्रकाश कँडेल, सुरेन्द्र बिक, भैरव बास्ताकोटी र ध्रुव चापागाईलाई जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार राति साढे १० बजे रिहा गरेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको उपस्थितिमा उनीहरुलाई रिहा गरिएको हो ।

पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको बताए । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुर्ननिर्माण गर्ने विषयमा सहमति जनाएपछि उनीहरुलाई रिहा गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले बताए ।

पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् ।

डोजर लगाएर बार भत्काएपछि कार्यस्थलमा सुरक्षा नरेको भन्दै उपयुक्त वातावरण नबनेसम्मको लागि रंगशालाको निर्माण कार्यलाई धुर्मुस सुन्तली फाउण्डेसनले रोकेको थियो ।

विज्ञप्ति निकाल्दै उनीहरुले रंगशाला निर्माणको हाल रोकिएको कामलाई सुचारु गराउन धुर्मस सुन्तली फाउण्डेशनलाई आब्हान गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : १२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम