म्याराथन दौड प्रतियोगिता फागुनमा « Khabarhub

म्याराथन दौड प्रतियोगिता फागुनमा


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ ।

‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले जानकारी दिए .

उ अनुसार प्रतियोगितमा विभिन्न पाँच विधाको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४२.१९५ किमिको म्याराथन, हाफ म्याराथन महिला ÷पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमिको दौड हुनेछ ।

म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने हाफमा ४५ वर्षमाथिका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । त्यसैगरी १० किमि दौडमा विदेशी सैनिक सहचारी (महिल÷पुरुष) र सैनिक अधिकृतको सहभागिता रहनेछ ।

पाँच किमि वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र आमन्त्रित व्यक्तित्वको सहभागिता रहनेछ भने पाँच किमी दौडमा सैनिक विद्यालयका छात्र÷छात्रा, सकल दर्जाका छोरा छोरीले भाग लिनेछन् ।

म्याराथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारसहित १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पाउनेछ । त्यस्तै दोस्रोले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौले रु १५ हजार, छैठाैं ले रु १० हजार र साताैं हुने खेलाडीले रु पाँच हजार पाउने छन् ।

हाफ म्याराथनअन्र्गत ४५ वर्ष उमेर समूहका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पाउनेछन् भने ४५ वर्षमाथि उमेर समूहका खेलाडीले रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछ ।  दश किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश रु आठ हजार, रु ६ हजार र रु पाँच हजार पाउने छन् भने १० किमिकै सैनिक अधिकृत विधातर्फ पहिलो हुनेले रु चार हजार, दोस्रोले रु तीन हजार र तेस्रो हुने खेलाडीले रु दुई हजार पाउने छन् । पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार पाउने छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : ३५ बजे

‘पुराना बोझ नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइप्रति रिजालको आपत्ति: सीमा र सन्धिका प्रस्ताव ‘बोझ’ हुन् ?

काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्रीसँगको

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै

रास्वपा काठमाडौँ सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा

आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुँदै

काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा

ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

काठमाडौँ– नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको