‘सोचाई’को सुरुवात गरेकी बोनिताले जितिन् ५० हजार अमेरिकी डलर « Khabarhub

‘सोचाई’को सुरुवात गरेकी बोनिताले जितिन् ५० हजार अमेरिकी डलर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोसल चेन्ज मेकर्स एण्ड इनोभेटर्स (सोचाई) को सुरुवात गरेकी नेपाली चेली बोनिता शर्मा ‘लिड २०३० च्यालेन्ज’को बिजेता घोषित भएकी छिन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘वन योङ्ग वर्ल्ड ’ ले विश्व प्रतिष्ठित ब्राण्डहरुसंगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको हो । जसअन्तर्गत एक सय देशका १२ सय भन्दा बढी सहभागी थिए । उनीहरुलाई उछिन्दै  बोनिताले ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् ।

यो पुरस्कारसँगै उनको संस्था सोचाइले आरबी ग्रुपबाट एक वर्षसम्मको मोनिटोरिङ पनि पाउनेछ। पोषण, सरसफाई तथा यस सम्बन्धी जानकारीको अभावले गाँउ–समाजमा निम्त्याएको गम्भिर समस्याहरु समाधान गर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको सोचाइले समुदायलक्ष्यित कार्यक्रमहरु गर्दै आइरहेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि सोचाइकी सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बोनिताले भनिन् , ‘युवाशक्तिमा विश्वास गरेर हामीलाई यस किसिमको अवसर प्राप्त भएकोमा हामी अत्यन्तै खुशी र उत्साहित छौं।’

कुपोषण र भोकमरीको अन्त्यगर्ने उद्देश्य लिएर तीन युवाहरुको साथमा सोचाईको सुरुवात गरिएको बोनिताले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ५५ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका