‘सोचाई’को सुरुवात गरेकी बोनिताले जितिन् ५० हजार अमेरिकी डलर | Khabarhub Khabarhub

‘सोचाई’को सुरुवात गरेकी बोनिताले जितिन् ५० हजार अमेरिकी डलर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोसल चेन्ज मेकर्स एण्ड इनोभेटर्स (सोचाई) को सुरुवात गरेकी नेपाली चेली बोनिता शर्मा ‘लिड २०३० च्यालेन्ज’को बिजेता घोषित भएकी छिन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘वन योङ्ग वर्ल्ड ’ ले विश्व प्रतिष्ठित ब्राण्डहरुसंगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको हो । जसअन्तर्गत एक सय देशका १२ सय भन्दा बढी सहभागी थिए । उनीहरुलाई उछिन्दै  बोनिताले ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् ।

यो पुरस्कारसँगै उनको संस्था सोचाइले आरबी ग्रुपबाट एक वर्षसम्मको मोनिटोरिङ पनि पाउनेछ। पोषण, सरसफाई तथा यस सम्बन्धी जानकारीको अभावले गाँउ–समाजमा निम्त्याएको गम्भिर समस्याहरु समाधान गर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको सोचाइले समुदायलक्ष्यित कार्यक्रमहरु गर्दै आइरहेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि सोचाइकी सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बोनिताले भनिन् , ‘युवाशक्तिमा विश्वास गरेर हामीलाई यस किसिमको अवसर प्राप्त भएकोमा हामी अत्यन्तै खुशी र उत्साहित छौं।’

कुपोषण र भोकमरीको अन्त्यगर्ने उद्देश्य लिएर तीन युवाहरुको साथमा सोचाईको सुरुवात गरिएको बोनिताले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र