नेपालमा मनसुन एक हप्ता ढिलो भित्रने, प्रदेश १ देखि ५ सम्म कम पानी पर्ने अनुमान « Khabarhub

नेपालमा मनसुन एक हप्ता ढिलो भित्रने, प्रदेश १ देखि ५ सम्म कम पानी पर्ने अनुमान


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा यस वर्ष एक हप्ता ढिलो गरी मनसुन भित्रने भएको छ । नेपालमा मौसम भित्रिने दिनका हिसावमा जुन १० अर्थात आज हो । तर यस वर्ष एक हप्ता ढिलो गरी मनसुन भित्रने मौसमविदहरुको भनाइ छ ।

‘मनसुन आउने क्रममा छ,’ मौसमविद् मञ्जु बासीले भनिन्,‘मनसुनले भारतको केराला छोयो, अब विस्तारै नेपाल भित्रने छ ।’

मनसुनअघि सक्रिय बनेको प्री मनसुनले भने आकाश छाडेको छैन । प्री मनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा शुरु हुन्छ ।

‘अझ ६ दिनजति लाग्ला नेपालमा मनसुन आउन’ अर्का मौसमविद् समिर श्रेष्ठले थपे,‘शुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्य क्षेत्रमा मनसुन पस्छ ।’

‘यस बेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ’ श्रेष्ठले भने ‘त्यस स्थानमा भारतको मध्य क्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बङ्गालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।’ जलवास्पयुक्त उच्च चापीय वायुको उच्च वाहवसँगै मनसुन भित्रेने गर्छ ।

यस वर्ष पूर्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यस वर्षको मनसुन फोरमले गरेको छ ।

सोही अनुसार प्रदेश १,२,३,४ र ५ मा वर्षा कम हुन सक्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ५९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम