अमेरिका जान १८/१८ लाख तिरेका दुई युवाको बेदना– ५२ दिनसम्म बन्धक बनाएर बलात्कार | Khabarhub Khabarhub

अमेरिका जान १८/१८ लाख तिरेका दुई युवाको बेदना– ५२ दिनसम्म बन्धक बनाएर बलात्कार


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीमा पछिल्लो समय महिला, बालबालिका बलात्कारका घटनाका समाचारहरुमा वृद्धि भएको छ ।

पुरुषमाथि यौन जन्य हिंसा भएका समाचारहरु पनि बेलाबेलामा आउने गरेका छन् । पुरुष, पुरुषबाटै बलात्कारको सिकार बन्ने गरेका कयौं उदाहरणहरु बेलाबेलामा सञ्चारमाध्यमहरुमा आउने गरेको छ ।

सामान्यतया बलात्कारका घटनाहरु सार्वजनिक हुने गरेको छैन । त्यसमा पनि पुरुषद्वारा पुरुष नै बलात्कृत भएको घटनाहरु सार्वजनिक हुने गरेको छैन ।  तर वैदेशिक रोजगारीको नाममा दुई युवा पुरुषबाट नै बलात्कृत भएपछि न्यायको खोजीमा भौतारिएका छन् ।

दुई नेपाली युवा वैदेशिक रोजगारीको नाममा हाइटीमा बलात्कृत भएका छन् । ५२ दिनसम्म बन्धक बनाएर आफूहरुमाथि बलात्कार गरिएको उनीहरुको दाबी छ । नेपाल फर्किएसँगै उनीहरु अहिले न्यायको खोजीमा लागेका छन् ।

अमेरिका जानु छ भने हामीले भनेको मान्नुपर्छ भन्दै दुई महिना कोठाभन्दा बाहिर निस्कन नदिँइ बलात्कार गरे

बाग्लुङ र मोरङका दुई युवालाई हाइटीमा पाकिस्तानी र इजिपेली नागरिकले ५२ दिन बन्दी बनाएर बलात्कार गरेका थिए । यी युवा रोजगारीका लागि दलालमार्फत अमेरिका जाने क्रममा हाइटी पुगेका हुन् ।

बाग्लुङका राजिव गौतम (नाम परिवर्तन) ४ वर्ष कतारको (क्यारी फोर) सुपरमार्केटमा काम गरेर नेपाल फर्किए ।

नेपालमा केही गर्नुपर्‍यो भनेर बाग्लुङमै बाख्रा पालेर बसे । तर, बाख्रा पालन गरेपनि बजार नपाएपछि फेरि रोजगारीका लागि विदेशीने चक्करमा लागेका उनलाई पोखराका सन्तोष नाम बताउने सरोज गुरुङले अमेरिका पठाइदिने भन्दै हाइटीसम्म पुराएका थिए । राजिवका अनुसार हाइटीमा दुई महिना विदेशी नागरिकले कोठाबाट बाहिर निस्कन नदिइ बलात्कार गरेका थिए । उनलाई अमेरिका पठाउँछु भन्ने गुरुङ हाल ठगी मुद्दामा प्रहरीको फरार सूचीमा छन् ।

होटलमा बस्न थालेपछि पास्कितानी र इजिप्टका नागरिकले आफूहरुलाई केटीहरुसँग गर्ने जस्तो व्यवहार गरेको उनले बताए

‘थाइल्याडबाट टर्की हुँदै ९ जना हाइटी पुगका थियौं’ उनले भने,‘टर्कीमा १५ दिन बसेपछि रेलमा २१ घन्टा यात्रा गर्दै (देशको नाम याद भएन) त्यहाँबाट हाइटी पुग्या ।’

हाइटीको एउटा स्टार होटलमा एजेन्टले राखेको उनले बताए । ‘हामीलाई हाइटी पुराएर एक जना नेपाली बेपत्ता भए, उनको नाम कविराज हो’ गौतमले भने ‘अमेरिका पुराउने जिम्मा दुई विदेशी नागरिकलाई दियो । ती विदेशी नागरिकले हामी बसेको होटलबाट अर्कोको होटलमा लिएर गए । त्यसपछि हाइटी शहरदेखि नजिकैको एउटा होटलमा राखे ।’

होटलमा बस्न थालेपछि पास्कितानी र इजिप्टका नागरिकले आफूहरुलाई केटीहरुसँग गर्ने जस्तो व्यवहार गरेको उनले बताए ।

‘नेपाली एजेन्टले जिम्मा लगाएका विदेशी नागरिक समलिंगी (गे) रहेछन् । उनीहरुले मोरङका एक साथी र मलाई कोठामै राखेर लगातार बलात्कार गरे’ गौतमले भने,‘ म र साथी एउटै होटलमा बसेपनि फरक–फरक रुम थियो । ६ तल्लामाथिको राखेका थिए । बाहिर निस्कियो भने प्रहरीले समाउँछ भनेर कोठामा नै मै दुई महिना बन्दी बनाएर राखे ।’

अमेरिका जानु छ भने हामीले भनेको मान्नुपर्छ भन्दै दुई महिना कोठाभन्दा बाहिर निस्कन नदिँइ बलात्कार गरेको राजिवले सुनाए ।

आफूहरुसँगै रहेका ११ साथीमध्ये दुई जनालाई बन्धक बनाएर बलात्कार गरेको उनको भनाइ छ । राजिवले अमेरिका जान १८ लाख एजेन्ट गुरुङलाई बुझाएका थिए । हाल उनी न्यायको खोजीमा प्रहरीका धाइरहेका छन् ।

यस्तै, मोरङका दिनेश कार्की (नाम परिवर्तन) को समस्या पनि उस्तै छ । व्यवस्थापनमा डिग्री गरेका दिनेश काठमाडौंको एउटा राम्रो कलेजमा अध्यापन गराउँदै थिए ।

राजधानीमा एक टियुसन सेन्टरमा काम गर्दै गर्दा उनको एक एजेन्टसँग सम्पर्क भएको थियो । उसैले अमेरिका पुर्‍याउने प्रलोभन देखाएपछि दिनेशको अमेरिका मोह बढ्यो । उनलाई कन्सल्टेन्सी सञ्चालक राजनकुमार गौतमले अमेरिका पठाइदिने भन्दै दलालमार्फत हाइटीसम्म पुर्‍याएका थिए । गौतम पनि अहिले ठगी मुद्दामा जेल परेका छन् ।

नेपालबाट अमेरिका जाने भनेर गत फागनुमा हिँडेको बताउँदै दिनेशले ११ दिन दिल्ली बसेर हाइटी पुगेको सुनाए । ‘गौतमले मेक्सिको हुँदै अमेरिका छिराउने आश्वासन दिएका थिए । तर, दिल्लीबाट हाइटी हुँदै जानुपर्छ भनेर एजेन्टले हाइटी पुर्‍याए । हाइटीमा पुगेपछि प्रोसेसिङका लागि समय लाग्छ भन्दै होटल परिवर्तन गदै राखे,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘त्यसपछि हामीलाई हाइटीमा घुमाउने एजेन्टले एक विदेशी नागरिकलाई जिम्मा लगाएर फरार भयो । हामीलाई अमेरिका पठाउने इजिप्टको नागरिक थियो ।

उसँग अर्को पाकिस्तानी नागरिक पनि थियो । त्यसपछि होटलमा लिएर गयो । त्यहाँ अमेरिका जान हिँडेका अर्का एक नेपाली पनि थिए ।’

पाकिस्तान र इजिप्टका दुवै युवा आइटी इन्जिनियर रहेको बताउँदै दिनेशले काममा जाँदा आफूहरुलाई कोठामा थुनेर बाहिर चाबी लगाउने गरेको बताए । कोठामा नेट र नेटवर्क केही नभएका कारण सम्पर्कमा आउन नसकेको उनले बताए ।

‘बन्धक भएको ५२ दिनपछि हामीलाई बन्धक बनाउने पाकिस्तानीको जन्मदिन पर्‍यो । त्यसबेला उनीहरुले बेसकन रक्सी खाए । उनीहरु बेहोस हुनेगरि रक्सी खाएको मौका पारेर हामी त्यहाँबाट भाग्न सफल भयौं ।’

राजिव र दिनेश दुवैले उनीहरुको साथमा रहेको पैसा चोरेर राति १२ बजे कोठाबाट भागेको बताए । उनीहरुको साथमा रहेको ४ हजार अमेरिकी डलर राजिव र दिनेशले लिएका थिए ।

त्यहाँबाट भागेका उनीहरु एक भारतीयको होटलमा बसेर नेपाल आउने प्रक्रिया गरेका थिए । दिनेशले अमेरिका जान करीब १८ लाख रुपैयाँ तिरेको सुनाए ।

यसरी अमेरिका जाने आशा बोकेका अरु धेरै नेपाली हाइटी लगाएका देशमा बन्धक भएर बसेको हुनसक्ने उनीहरुको अनुमान छ । यतिबेला अमेरिका पठाइँदिने भन्दै ठगी गर्ने र आफूहरुलाई नारकिय जीवन विताउन बाध्य पार्ने एजेन्ट गुरुङमाथि कारवाहीको अपेक्षा गर्दै प्रहरीका धाउने गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १० : १७ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी