गुठी सम्बन्धी विधेयकले संसदमा हंगामा « Khabarhub

गुठी सम्बन्धी विधेयकले संसदमा हंगामा


२७ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी सम्बन्धी विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका गुठियारमाथि सरकारले दमन गरेको भन्दै संसदमा हंगामा भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक शुरुहुनासाथ कांग्रेसका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महाराले कांग्रेस सांसद बालकृष्ण खाँडलाई बोल्न समय दिएका थिए ।

सांसद खाँडले शान्तिपूण आन्दोनमा उत्रिएका गुठीयारमाथि सरकारले बल प्रयोग गरेर बर्बता देखाएको आरोप लगाए ।

सरकारले अगाडि बढाएको गुठी सम्बन्धी विधेयकले हाम्रो धर्म संस्कृति र सम्पदामाथि गम्भीर प्रहार गरेको उनको भनाइ थियो । गुठीले प्राचिनकाल देखि मठमन्दीरलाई व्यवस्थिगत गरेको र परम्परालाई जोगाएको भएपनि सरकारले त्यसमाथि आक्रमण गर्न खोजेको उनले आरोप लगाए ।

‘शान्तिपूर्ण रुपमा भेला समर्थन र विरोध गर्न संविधानले स्वतन्त्रता प्रदान गरेको छ तर राज्यले शान्तिपूर्ण रुपमा भेला भएका नागरिकमाथि बर्बतापूर्बक आकमण गरेको छ यसको घिोर विरोध गछौं’ उनले भने ।

सरकारले धेरै ठूलो रकम खर्च गरेर होलिवाइन छर्कन हिँडेको आरोप लगाउँदै उनले जनताले आपत्ति जनाउँदा पनि सरकारले वेवास्ता गरेको बताए ।

संविधानको पालना गर्नुपर्ने राज्यशक्ति सरकार नै संविधान उल्लंघनमा लागेको उनको आरोप थियो । प्रेस र

विरोध गर्ने समर्थन गर्ने आम नागरिकको सुरक्षा गर्ने सरकार गम्भीर नभएसम्म संसद चल्न नदिने उनले चेतावनी दिए ।

त्यसपछि नेकपाकी सांसद पम्फा भुसाल बोलेकी थिइन् । उनले हिजो सरकारले गुठीयारको विरोधमा गरेको हस्तक्षेपको विरोध गरिन् । सांसद भुसाल बोलिरहँदा कांग्रेस सांसदहरुले संसदमा होहल्ला गरिरहे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  १२ : २७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ