मलेसियामा पक्राउ परेका कलाकार अझै सम्पर्कविहीन « Khabarhub

मलेसियामा पक्राउ परेका कलाकार अझै सम्पर्कविहीन


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – इदको अवसर पारेर मलेसियामा कार्यक्रम गर्न पुगेका नेपाली कलाकार अझै सम्पर्कमा नआएको आफन्तले जनाएका छन् । त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन पुगेका कलाकारलाई मलेसियाको अध्यागमन प्रहरीले ३ दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेका आयोजक र कलाकार अझै पनि सम्पर्कविहीन रहेको बताइएको हो ।

कार्यक्रमका लागि मलेसिया पुगेका गायक राजेश पायल राईले पक्राउ परेका नेपाली अझै सम्पर्कमा नआएको बताए । उनका अनुसार कार्यक्रमको आयोजना गर्ने आयोजक पनि सम्पर्कमा छैनन् । ‘आयोजकहरू पनि गायब हुनुहुन्छ, शायद उहाँहरुलाई पनि पक्राउ गरिएको छ, सोध्ने क्रम जारी छ’, गायक राईले भने ।

उनले मलेसियामा रहेका नेपाली राजदूतलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बताए ।

एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपालबाट सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे लगायतका कलाकार कार्यक्रममा गर्न गएका थिए । ती कलाकारलाई प्रहरीले पक्राउ गरेको हो ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि कलाकारले यसबारेमा जानकारी दिएका थिएनन् । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १ : २१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन