येल्लो भेष्ट प्रदर्शन १३ औँ सातामा « Khabarhub

येल्लो भेष्ट प्रदर्शन १३ औँ सातामा


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्समा येल्लो भेष्ट प्रदर्शन १३ औँ सातामा जारी छ । गत नोभेम्बरयता जारी प्रदर्शनका क्रममा येल्लो भेष्ट प्रदर्शनकारीले यो साताको शनिबार पनि राजधानी पेरिससहित मुलुकका विभिन्न शहरमा प्रदर्शन गरे ।

पछिल्लो प्रदर्शन पनि अन्य साताकोजस्तै हिंसात्मक भएको छ । प्रदर्शनकारीले प्रहरीको भ्यान र अन्य सवारी साधनमा आगजनी गरेको तथा पसलमा तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्न अश्रुग्याँस, पानीको फोहोरा र रबरको गोली चलाएको जनाइएको छ ।

पछिल्लो प्रदर्शनमा १२ हजार प्रदर्शनकारी सहभागी रहेको फ्रान्सका आन्तरिक मामिला मन्त्रालयले जनाएपनि प्रदर्शनकारीको वास्तविक सङ्ख्या २० हजारभन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले प्राकृतिक तेल र ग्याँसमा कर बढाउने निर्णय गरेपछि सुरु भएको प्रदर्शन पछिल्ला केही महिनायता आएर सामाजिक असन्तुलन र जनजीविकाका विषयमा समेत केन्द्रित हुने गरेको छ । उनीहरुले राष्ट्रपति म्याक्रोंको राजीनामा समेत माग्ने गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ३९ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग