विपद् व्यवस्थापनका लागि सबै मिलेर अघि बढ्नुको विकल्प छैनः गृहमन्त्री थापा | Khabarhub Khabarhub

विपद् व्यवस्थापनका लागि सबै मिलेर अघि बढ्नुको विकल्प छैनः गृहमन्त्री थापा


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सोमबारबाट शुरु भएको छ ।

गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तन सम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिने उद्देश्यका साथ दक्षिण एशीयाका विज्ञहरुसहितको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले विकसित राष्ट्रहरुको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढन आह्वान गरे । उनले बाढी, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरुबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

जलवायु परिवर्तनको व्यवस्थापनका लागि नविकरणीय उर्जामा जोड दिनुपर्ने गृहमन्त्री थापाले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगरपालिका महासंघ र गाउँपालिका महासंघको संयुक्त आयोजनामा गरिएको सम्मेलनले नेपालको विपद् व्यवस्थापन, उर्जा संकट समाधान र जलवायु परिवर्तनका कारण परेका नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ३ : २० बजे

यस्तो छ बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं – सरकारले बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पेट्रोल सस्तियो, डिजल र मट्टितेल महँगियो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ।

गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना

काठमाडौं – मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले गाजाको भ्रमण

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा