पिसाब पोल्छ ? सचेत रहनुस्, यस्ता रोगको संकेत हुनसक्छ « Khabarhub

पिसाब पोल्छ ? सचेत रहनुस्, यस्ता रोगको संकेत हुनसक्छ


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पिसाब पोल्ने समस्या धेरैमा हुनसक्छ । तर धेरै व्यक्तिले पिसाब पोल्ने समस्यालाई सामान्य समस्या सोचेर व्यवस्ता गर्छन् । पिसाब पोल्ने समस्या महिला र पुरुष दुवैमा हुन्छ । यो समस्या कोही व्यक्तिमा केही समय मात्रै हुन्छ भने कसैमा महिनौंसम्म रहन्छ ।

पिसाब पोल्ने समस्या हुनु भनेको शरीरमा जटिल रोग लागेको हुनसक्ने संकेत पनि हो । त्यसैले पिसाब पोल्ने समस्या भएमा यसलाई सामान्य सोच्नु हुँदैन ।

पिसाब पोल्ने कारण यस्तो हुनसक्छ

–शरीरमा पानीको कमी,

–मुत्रनलीको संक्रमण,

–मिर्गौलामा पत्थरी

–कलेजोमा समस्या,

–अल्सर,

–गर्भवती अवस्थामा स्नायु तथा ढाडको हड्डीमा समस्या,

–विर्यमा हुने संक्रमण,

–यौनरोग,

–प्रोस्टेट ग्रन्थी बढ्नु,

–मधुमेह,

–कुपोषण तथा मूत्रनली खुम्चिनु ।

पिसा पोल्ने समस्या यी रोगहरुको लक्षण हुनसक्ने भएकाले पिसाब पोल्ने समस्या भएमा स्वास्थ्यसंस्थामा स्वास्थ्यचाँज गराउनुपर्छ ।

पिसाब पोल्न समस्या आउन नदिन यस्तो गर्नुस्

– दिनमा कम्तीमा ३ लिटर पानी पिउनु

– अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खाने,

–अमलाको रस  पिउने,

–नरिवलको पानी पिउँने,

– यौनांगको सरसफाईमा विशेष ध्यान दिनुपर्छ,

– यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ,

–मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त मात्रामा पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ,

– पिसाब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सको परार्मशमा स्वास्थ्य जाँच तथा औषधि उपचार गराउनुपर्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ५ : ५९ बजे

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।