विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका लागि थपिए ५१ अस्पताल (सूचीसहित) « Khabarhub

विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका लागि थपिए ५१ अस्पताल (सूचीसहित)


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन थप ५१ वटा अस्पताललाई अनुमति दिएको छ ।

स्वास्थ्य परीक्षणका लागि सुचीकृत हुन  निवेदन दिएका १ सय २६ वटा स्वास्थ्य संस्थामध्ये श्रम मन्त्रालयले ५१ वटालाई अनुमति दिएको हो ।

श्रम मन्त्रालयले निवेदन दिएका स्वास्थ्यसंस्थाहरुमा वैदेशिक रोजगार नियमावली अनुसार अनुगमन गरी ५१ वटा स्वास्थ्यसंस्थालाई स्वास्थ्य परीक्षणका लागि अनुमती दिएको हो ।  मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि अनुमति पाएका ५१ वटा स्वास्थ्यसंस्थाको नाम सोमबार सार्वजनिक गरेको छ ।

यी हुन स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका स्वास्थ्यसंस्था

श्रम मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि सुचीकृत गरेका यी ५१ वटा स्वास्थ्यसंस्थामा पनि अबदेखि वैदेशिक रोजगारीमा जानेहरुले स्वास्थ्य परीक्षण गराउन सक्नेछन् ।

यसअघि नेपालमा २ सय २६ वटा स्वास्थ्य संस्थाले मात्रै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणको अनुमति पाएका थिए ।

कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लागू गरिएको भन्दै बिरोध हुन थालेपछि श्रम मन्त्री गोकर्ण विष्टले वैदेशिक रोगजार नियमावली नै परिवर्तन गरेर नयाँ स्वास्थ्यसंस्थालाई पनि स्वास्थ्य परीक्षणका लागि अनुमति दिन प्रक्रिया थालेका थिए ।

हाल सुचीकृत भएका संस्था निजीक्षेत्रका रहेकाले स्वास्थ्य मन्त्रालयको सिफारिसमा अन्य सरकारी अस्पतालहरुबाट पनि स्वास्थ्य परीक्षणको व्यवस्था गरिन लागेको श्रम मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारका लागि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका सरकारी संस्थाबाट पनि स्वास्थ्य परीक्षणको व्यवस्था गर्न लागिएको हो ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : २५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी