एसएसपी बढुवाले प्रहरीभित्र असन्तुष्टि, एसपीले दिए पदबाट राजीनामा « Khabarhub

एसएसपी बढुवाले प्रहरीभित्र असन्तुष्टि, एसपीले दिए पदबाट राजीनामा


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको उपरीक्षक (एसपी) पदबाट वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाको विषयलाई लिएर असन्तुष्टि जनाउँदै एकजना एसपीले पदबाट राजीनामा दिएका छन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले आइतवार विहान प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

प्रहरी प्रधान कार्यालयले एसपी उप्रेतीले राजीनामा बुझाएको पुष्टि गरेको छ । स्रोतका अनुसार उनले राजीनामा पत्रमा ‘नैतिक रुपमा संगठनको जिम्मेवारीमा बस्न नसकिने भएको’ भन्दै राजीनामा पत्र लेखेको छन् ।

एसपी उप्रेतीले भने राजीनामाको विषयमा कुनै प्रतिक्रिया दिन मानेन् । यद्यपि उनले विहान कार्यालय समयमै मातहत निकायका अधिकृत र प्रहरी कर्मचारीलाई बोलाएर आफूले प्रहरी सेवा छाड्न लागेको भन्दै जिम्मेवारीमा नफर्किने भनेर ब्रिफिङ गरेका थिए ।

‘बढुवाको विषयमा असन्तुष्टि भन्ने विषय बाहिर सुनिनमा आएको छ । उहाँले (एसपी उप्रेती)ले यस विषयमा हामीसँग त केही भन्नुभएन, तर विहानै आफू मातहतका अधिकारीलाई बोलाएर अब प्रहरीको जिम्मेवारीमा नफर्किने भन्ने हिँड्नुभएको छ,’ महानगरीय अपराध महाशाखामा कार्यरत एक अधिकृतले खबरहबसँग भने, ‘अहिले उहाँ कार्यालयबाट बाहिरिसक्नुभएको छ ।’

जुनियर परेको भन्दै असन्तुष्टि

माघ पहिलो साताको मन्त्रिपरिषद वैठकबाट प्रहरी नियमावली संशोधन भएसँगै प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाका प्रतिस्पर्धीबीच दौडधूप शुरु भइसकेको थियो ।

प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम (१) मा प्रहरी सेवाका राजपत्राकिंत अधिकृत पदको बढुवाका लागि ४ वर्षको सेवा अवधि तोकिएको थियो । जसअनुसार एसएसपीमा बढुवा हुनका लागि ४ वर्ष एसपीको कार्यकाल पूरा भएको हुनुपर्थ्यो । मन्त्रिपरिषदको वैठकले नियमावली संशोधन गरेर ४ वर्षको ठाउँमा ३ वर्ष कायम गर्‍यो ।

मन्त्रिपरिषदको निर्णयानुसार ३ वर्ष एसपीमा सेवा अवधि पूरा गरेका ३३ जना एसएसपीको बढुवाका लागि लाइनमा थिए । जसमध्ये केही २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतहरु थिए भने २०५२ को ब्याचका पनि एसएसपीको बढुवाको लाइनमा थिए ।

शनिवार सार्वजनिक गरिएको बढुवा सिफारिसको सूचीमा १४ जना एसपीलाई एसएसपीमा बढुवा गरिएको छ । जसमध्ये ११ जना २०५१ को ब्याचका छन् भने ३ जना २०५२ को ब्याचका छन् ।

एसपी नरेन्द्र उप्रेती २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । अहिलेको बढुवाको रोलक्रममा उनी २०५१ को अधिकृतहरुमध्ये १४ नम्बरमा थिए । तर, २०५२ को ब्याचका तीनजना एसपीलाई एसएसपी बनाइँदा उप्रेती बढुवाका लागि सिफारिस भएनन् ।

एसएसपीमा बढुवा सिफारिस भएका दीपक थापा, टेकबहादुर तामाङ र भिमप्रसाद ढकाल २०५२ को ब्याचका अधिकृतहरु हुन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ०१ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी