जेनेभा श्रम सम्मेलन : श्रमिकसँग जोडिएका मुख्य तीन एजेण्डा नेपालको प्राथमिकतामा | Khabarhub Khabarhub

जेनेभा श्रम सम्मेलन : श्रमिकसँग जोडिएका मुख्य तीन एजेण्डा नेपालको प्राथमिकतामा


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा सोमबार जेनेभामा सम्बोधन गर्दैछन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आइएलओ कार्यक्रमलाई सम्बोधनका क्रममा श्रमिकसँग जोडिएका मुख्य तीन विषयलाई उठाउने छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोष र सुरक्षित वैदेशिक श्रम बजारमा नेपाली श्रमिकको श्रमलाई अन्तर्राष्ट्रिय फोरम उठाउने भएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी अन्त्यसँगै आर्थिक समृद्धिमा सहयोग पुग्नेगरी सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक संगठन र दाता राष्ट्रहरुले सहयोगको अपिल गर्ने बुझिएको छ ।

नेपाल सरकारले रोजगार नभए निर्वाहभत्ता दिने व्यवस्था गरेको विषयलाई पनि प्रधानमन्त्रील ओलीले आइएलओको कार्यक्रममा जानकारी गराउनेछन् । यसैगरी नेपाल सरकारको पछिल्लो उद्देश्य भनेको देशविदेशमा काम गर्ने श्रमिकलाई योजनामा आधारित सामाजिक सुरक्षाको दायरा ल्याई भविष्य सुनिश्चित गर्ने र बृद्ध अवस्थामा उक्त कोषमार्फत उपदानसहित स्वास्थ्य उपचारलगायतका व्यवस्था गर्ने विषयमा पनि सम्बोधन गर्ने भएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले नेपालबाट रोजगारीमा जाने श्रमिकलाई रोजगारदाता देशसँग श्रम सम्झौता गरी मात्र आपूर्ति गर्ने विषयलाई पनि सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनका क्रममा रोजगारदाता देशलाई नेपालसँग श्रमिक आपूर्तिका लागि सरकारीस्तरमा श्रम सम्झौता गर्ने अपिल समेत गर्ने भएका छन् ।

ओलीले नेपाली श्रमिक आपूर्ति गर्दै आएका देशका कामदारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवहार, रोजगार अधिकार, स्वास्थ्य बिमाजस्ता अधिकारबाट बञ्चित नगराउन आग्रह समेत गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले युरोप भ्रमणका क्रममा नेपाली श्रमिक आपूर्ति गर्दै आएका देशका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

हाल, युरोपका देशसँग पनि नेपाली श्रमिक रोजगारीमा लिने विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । जेनेभा भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपाली श्रमिकका अवस्था र रोजगारदाता देशसँग नेपाली कामदारले रोजगारदाता देशमा भोगिरहेका समस्याका विषयमा पनि सम्बन्धित देशसँग छलफल गर्ने भएका छन् । वैदेशिक रोजगारीमा काम आपूर्ति गर्दै आएका दुई देशसँग श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मिति तय गरिएको श्रम मन्त्रालयका सहसचिव घिमिरेले जानकारी दिए ।

श्रम मन्त्रालयका सहसचिव घिमिरेका अनुसार मोरिसस र युएईसँग श्रमिक आपूर्ति गर्ने विषयमा प्रधानमन्त्री ओलीको सहभगितामा श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको छ । हस्ताक्षर कार्यक्रम मंगलबारका लागि तय गरिएको छ ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मोरिसस र युएईसँग श्रम समझदारीमा दुईपक्षीय हस्ताक्षर गर्ने कार्यक्रमसँगै नयाँ रोजगार गन्तव्यको सम्भावाना भएका देशसँग पनि छलफल गर्ने योजना रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले युएइसँग श्रम सम्झौताका लागि सबै छलफल र अन्य विषयमा सहमति भइसकेकाले अब श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको जानकारी दिएको छ । यस्तै, मोरिसससँग पनि अनौपचारिक रुपमा श्रम सम्झौतका लागि आवश्यक विषय र कामदारका आपूर्ति गर्दा चाहिने विषयमा एक किसिमको सहमति भइसकेको श्रम मन्त्रालयले जनाएको छ ।

युएईसँग सवै प्रक्रिया पूरा भइसकेकाले अब श्रम सम्झौतामा हस्ताक्षर गर्ने मात्र बाँकी रहेको मन्त्रालयको भनाइ छ । सवै प्रक्रिया पूरा भएकाले प्रधानमन्त्री ओलीकै सहभागितामा सम्झौतामा हस्ताक्षर गर्ने तय भएको सहसचिव घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आइएलओमार्फत धेरै रोजगारीसम्बन्धी तालिम दिने विषयमा सहमति हुने उनको भनाइ छ । युएई मासिक ५ हजारभन्दा धेरै नेपाली श्रमिक रोजगारीका लागि जाने गरेका छन् । भने मोरिससमा भारत हुँदै वार्षिक ३ हजारभन्दा धेरै कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तंथ्याक छ । नेपाल सरकारले मोरिससलाई रोजगार गन्तव्य देशभित्र राखेको छ ।

आइएलओको शतवार्षिकी कार्यक्रम सहभागी हुन गत शनिवार प्रधानमन्त्री ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली जेनेभा प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : २० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम