टिजर रिलिजको केही घण्टामै फ्यानले गरे अनमोलको तारिफ « Khabarhub

टिजर रिलिजको केही घण्टामै फ्यानले गरे अनमोलको तारिफ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको केही घण्टामै फ्यानले अनमोल केसीको तारिफ गरेका छन् ।

झण्डै १ मिनेट १३ सेकेन्ड लामो टिजरमा अनमोलको जोडी सुहाना थापासँग गाँसिएको छ । टिजर हेरेर अनमोलका फ्यानले उनलाई सपोर्ट गर्दै कैयन् कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘अनमोल केसी नम्बर वान ।’

यस्तै सविन निरौलाले कमेन्ट गरेका छन्, ‘अनमोल केसीको हरेक गीत, हरेक भिडियो, हरेक फिल्म नछुटाई हेर्ने म मात्रै हो? अनमोल केसी मन पराउने को को हुनुहुन्छ?’, त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘अनमोल र सुहानाको जोडी गज्जब होला जस्तो छ ।’

कतिपयले उनलाई मेगास्टार भनेरै सम्बोधन गरेका छन् ।

त्यसो त फिल्मको टिजरमा पनि अनमोल केसीलाई मेगास्टार भनेरै सम्बोधन गरिएको छ । उनलाई मेगास्टार भनेर सम्बोधन गरेपछि कतिपयले भने अनमोललाई फ्यानले मेगास्टार भनेपनि फिल्मकर्मीले केही फिल्म खेल्दैमा अनमोललाई मेगास्टारको उपाधि दिन नहुने धारणा राखेका छन् ।

नायिका रेखा थापाले यसअघि दुई/चार वटा फिल्म खेल्दैमा कुनै कलाकारलाई पनि मेगास्टार भन्न नहुने धारणा सार्वजनिक गरेकी थिइन् ।

फिल्मको टिजर:

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल