चीनमा स्थापित बन्दी शिविर बन्द गर : टर्की « Khabarhub

चीनमा स्थापित बन्दी शिविर बन्द गर : टर्की


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीले चीनसमक्ष सिन्जियाङ प्रान्तमा स्थापित बन्दी शिविर बन्द गर्न माग गरेको छ । बन्दी शिविरमा एकजना उइग्युर सङ्गीतकारको ज्यान गएको समाचार आएपछि टर्कीले चीनलाई बन्दी शिविर बन्द गर्न माग गरेको हो ।

यसअघि ८ वर्षको कारावास सजाय भोगिरहेका उइग्युर सङ्गीतकार अब्दुरहिम हेयितको बन्दीशिविरमा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । टर्किस विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता बन्दी शिविरमा चरम यातनाका घटना हुने गरेको जनाएको छ ।

यता चीनले भने टर्कीले अनाधार आरोप लगाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै टर्किस विदेश मन्त्रालयको आरोपको खण्डन गरेको छ । चीनको सिन्जियाङ प्रान्तमा चीनले स्थापना गरेका बन्दी शिविरमा दशौँ लाख उइग्युर, कजाख तथा अन्य मुसलमान धर्मावलम्बीलाई बन्दी बनाइने गरेको बताइन्छ ।

बन्दी शिविरमा बन्दीहरुमाथि यातना तथा अन्य अमानवीय घटना हुने गरेको प्रतिवेदन सार्वजनिक हुने गरेका छन् । चीनले भने सिन्जियाङमा मुलसमानहरुलाई राजनीतिक पुनर्शिक्षा दिनका लागि तथा आतंकवादबाट त्यस क्षेत्रलाई मुक्त गर्नका लागि बन्दी शिविर स्थापना गरेको बताउने गरेको छ ।

चीनको पश्चिमी क्षेत्रमा बसोबास गर्ने उइग्युर तुर्किक मुसलमानहरु चीनमा ठूलो अल्पसङ्ख्यकका रुपमा रहेका छन् । टर्कीसँग साँस्कृतिक तथा भाषिक सामिप्यताका कारण सिन्जियाङका लाखौँ उइग्युर शरणार्थीका रुपमा टकी पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : १८ बजे

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली

प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने

काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको