कश्मीरमा ५ लडाकु मारिए « Khabarhub

कश्मीरमा ५ लडाकु मारिए


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बलको कारबाहीमा ५ लडाकु मारिएका छन् । भारत प्रशासित कश्मीरको कुलगाम क्षेत्रमा सरकारी सुरक्षा बल र कश्मीरी लडाकुबीच भएको भीडन्तमा ५ लडाकु मारिएका हुन् ।

लडाकु लुकेर बसेको सूचनाका आधारमा भारतीय प्रहरी, राष्ट्रिय राइफलको एकाई र विशेष फौजले त्यस क्षेत्रमा संयुक्त कारबाही गरेको थियो । आइतबार बिहान ६ बजेबाट शुरु भएको कारबाही मध्याह्न १२ बजेसम्म चलेको थियो ।

कारबाहीका क्रममा ५ जना स्थानीय लडाकु मारिएको र उनीहरुको साथबाट भारी मात्रामा हतियार र अन्य सैनिक सामग्री बरामद गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

भारतीय सैनिक कारबाहीपछि त्यहाँ विशाल भारत विरोधी प्रदर्शन भएको जनाइएको छ । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको