म्याग्दीमा जीप दुर्घटना, १३ जना घाइते « Khabarhub

म्याग्दीमा जीप दुर्घटना, १३ जना घाइते


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको राखुदेखि बेनी आउँदै गरेको जिप आइतबार दिउँसो रघुगंगा गाउँपालिका ३ पिप्लेमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग १ ज ५८९९ नम्बरको जिप सडकबाट पाखोमा खस्दा घाइते भएका १३ जनालाई उपचारका लागि बेनी अस्पताल ल्याइएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।  घाइतेहरुको नाम पहिचान भएको छैन् ।

गलेश्वर स्थीत शसस्त्र प्रहरी क्याम्पका शसस्त्र, गलेश्वर प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीयबासीहरुले घाइतेलाई उद्धार गरेका थिए ।

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक गुरुङले बताए । जिप सडक देखि करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५२ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा