पार्क बनाउन महानगरले दियो सबै नगरपालिकालाई एक–एक करोड « Khabarhub

पार्क बनाउन महानगरले दियो सबै नगरपालिकालाई एक–एक करोड



काठमाडौं– काठमाडौं महानगरपालिकाले छिमेकी नगरपालिकालाई पार्क बनाउनका लागि रकम हस्तान्तरण गरेको छ ।

आइतवार राजधानीमा एक कार्यक्रम गरि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगरपालिकाका मेयरलाई १/१ करोडको चेक हस्तान्तरण गरेका हुन् ।

महानगरपालिकाले ताकेश्वर, शंकरापुर, बुढानिलकण्ठ, कीर्तिपुर, गोकर्णेश्वर, नागर्जुन, चन्द्रगिरी, दक्षिणकाली, कागेश्वरी मनोहरा गरी ९ वटा नगरपालिकाका मेयरलाई पार्क बनाउनका लागि १÷१ करोड रुपैयाँ प्रदान गरेका हुन् । महानगरभित्र १० वटा नगरपालिका रहेपनि टोखा नगरपालिकालाई भने पार्क बनाउन यसअघि नै रकम दिइसकिएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगर र उपत्यकाका नगरकापिकाबीच सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । ‘कामको सुरुवात गर्नका लागि १ करोड दिएपनि भोलिका दिनमा कामको समिक्षा गरेर अघि बढ्ने छौँ’ मेयर शाक्यले भने ।

महानगरको उद्धेश्य एकआपसमा समन्वय र सहकार्य गर्दै काममा अघि बढ्ने भएकाले आउने दिनमा महानगरलाई नमुना क्षेत्रका रुपमा चिनाउने शाक्यले बताए । साथै आर्थिक वर्ष ०७६/७७ सम्ममा सबै नगरपालिकाले पार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने समेत शाक्यले बताए ।

‘रमणीय पार्क’ बनाउनका लागि सबै नगरलाई रकम विनियोजन गरिएको र यसले पर्यटन वर्ष २०२० लाई समेत सघाउ पुर्‍याउने महानगरपालिकाको दाबी छ । उपत्यकामा खुल्ला स्थान र पार्कको अभाव रहेको र पार्कको निर्माणले आन्तरिक पर्यटन र देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने महानगरको भनाइ छ ।

‘महानगरले विगतका दिनमा सँस्कृतिलाई संरक्षण मात्र गथ्र्यो तर अहिले प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्न थालेको छ, शाक्यले भने ।’

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सबै नगरभित्रका सडकको अवस्था नाजुक रहेको भन्दै त्यसलाई गम्भीर रुपमा लिनका लागि महानगरका मेयरसँग आग्रह गरे । ‘ राजधानीका सडक हिल्लामे सडक छ, प्रत्येक नगरबाटै महानगरमा त्यी सवारी साधन गुड्छन् त्यसले पुरै महानगरलाई हिलोमय बनाएको छ । पहिले नाका–नाका सफा राख्नका लागि महानगरको ध्यानाकर्षण होस् ’ मेयर चालिसेले भने । सहरलाई सुन्दर बनाउनका लागि पहिलो प्रथामिकतामा सडकलाई राख्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै सबै नगरपालिकाको विकास भएमा मात्र महानगरको विकास हुने शंकरापुर नगरपालिकाका प्रमुख सुर्वण श्रेष्ठले बताए । विगतमा विकास गर्ने चाहना हुँदाहुदै पनि स्रोतको अभावमा नगर पडाछी परेको थियो । महानगरले बजेटमा सहयोग गरेकाले सो रकमले जनसहभागिता जुटाएर पारदर्शी ढंगले काम गर्ने छौँ, उनले भने ।

प्रत्येक नगरलाई पर्यटकीय तथा वातावरणीय क्षेत्र बनाउनका लागि महानगरले रकम दिएको र त्यो रकमको सहि सदुपयोग हुने श्रेष्ठले बताए । शंकरापुर नगरपालिकाले बजगाइ मन्दिरमा पार्कको काम सुरुवात गर्ने सोचले पार्किङ, उड्यान, बगैचाका लागि आवश्यक स्टेटमेन्ट तयार पारिसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ४६ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित