शहरीकरणका नाममा जंगल फाड्न मिल्दैनः मन्त्री बस्नेत (फोटो फिचर) « Khabarhub

शहरीकरणका नाममा जंगल फाड्न मिल्दैनः मन्त्री बस्नेत (फोटो फिचर)


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन क्षेत्रको संरक्षणका लागि पूर्वाधार विकास तथा वन व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले व्यवस्थित शहरीकरणका नाममा जंगल फाड्ने तथा वन क्षेत्रको जग्गाको स्वामित्व कुनै समुदाय वा संगठनलाई दिन नसकिने बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालय र इन्सटिच्युसन फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा आइतबार पेभिलियन मिडिया हल दरबारमार्गमा भएको ‘पूर्वाधार विकास तथा वन व्यवस्थापन’ विषयक कार्यक्रममा वन संरक्षणमा देखिएका समस्याका विषयमा वन क्षेत्रसँग सम्बन्धित विज्ञहरुले छलफल गरेका थिए ।

कार्यक्रममा पूर्व सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको पूर्वाधार विकासमा वन बाधक बन्न नहुने तर्क गरे । त्यस्तै समुदाय केन्द्रित भएर वनको व्यवस्थापन हुनुपर्नेमा सांसद् शान्ता चौधरीले जोड दिइन् ।

वनबाट फाइदा लिइरहेका समुदायलाई ध्यानमा राखेर वन व्यस्थापन हुनुपर्ने सांसद् चौधरीको भनाइ थियो ।

कार्यक्रममा वृक्षरोपणमात्रै वनविनाशको समाधान नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागका कार्यवाहक महाप्रबन्धक गोविन्द प्रसाद भट्टराईले बताए ।

कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक श्रोत संसदीय समितिकी अध्यक्ष पूर्णकुमारी सुवेदी, कानून न्याय तथा मानवअधिकार समितिका अध्यक्ष कृष्णभक्त पोखरेल, नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्मा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कृष्णप्रसाद ओली लगायतको उपस्थिति थियो ।

 

 

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ६ : १४ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम