मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकार पछि हटेको छैनः मन्त्री पोखरेल « Khabarhub

मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकार पछि हटेको छैनः मन्त्री पोखरेल


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकारपछि नहटेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन् ।

उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अव मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे । उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यही फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को कार्यान्वयन गर्न लागेको जानकारी पनि दिए ।

आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणा पत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दावी गरे ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहो¥याए । काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिव ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरि सोही घरबाट वडा कार्यालयको काम सूरु गरिएको हो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : ३० बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण