उद्यमशीलता सम्मेलनको तयारी पूरा « Khabarhub

उद्यमशीलता सम्मेलनको तयारी पूरा


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल उद्योग परिसघंले नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्दश्यका साथ काठमाडौँमा गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको परिसघंले जनाएको हो । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसघंको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको परिसघंका अध्यक्ष हरिभक्त शर्माले आईतबार पत्रकार सम्मेलन माफ्त जानकारी दिए ।

सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथि वक्ता तथा उद्यम गरी सम्मानीत स्थानान पुगेका ६ जना सफल उद्यमीहरुले कार्यपत्र प्रस्तुत गर्ने परिसघंका अध्यक्ष शर्माले बताए । उद्यमशीलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै देश भरिबाट सहभागि हुने युवा, युवा उद्यमी बीच अन्तरसंवाद गराउदै विदेशमा रहेका युवालाई स्वदेशमा उद्यम ब्यबसाय गर्न सम्मेलनले सहयोग पुग्ने परि संघका अध्यक्ष शर्माले जानकारी दिए ।

सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष सहित ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरु तथा प्रदेशका उद्योगी, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने परिसघंकले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ०२ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा