सरकारको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्ट « Khabarhub

सरकारको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्ट


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा– सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । आइतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए ।

वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनाएजेन्डा आन्दोलन शुरु गरेको भन्दै आपत्ति जनाए । उनले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर काँग्रेसले आन्दोलन शुरु गरेको उल्लेख गर्दै त्यसलाई जनताले सकारात्मक रुपमा लिन नसक्ने दावी गरे ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : १२ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको