प्रक्रिया पूरा गरेर सुचारु गर्न मेलम्ची पीडित ठेकेदारको माग « Khabarhub

प्रक्रिया पूरा गरेर सुचारु गर्न मेलम्ची पीडित ठेकेदारको माग


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले ठप्प रहेको मेलम्ची आयोजना छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ ।

आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आयोजनाबाट नेपाली व्यवसायीहरुको झण्डै डेढ अर्व भुक्तानी हुन बाँकी रहेको भन्दै कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको हो ।

संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले बाँकी भुक्तानी नभएसम्म काम अगाडी बढ्न नदिने पनि बताए । भुक्तनी प्रक्रिया अगाडी नबढ्दा उप आयोजना अन्तरगत काम गरिरहेका निर्माण कम्पनीहरुले पनि काम नगर्ने भएको संयोजक न्यौपानेले बताए ।

समयमै भुक्तानी नगरेको कारण मुख्य ठेकेदारले ठेक्का तोडेर गएको अवस्थामा आफूहरुको भुक्तानीको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने संघर्ष समितिले माग गर्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : १४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६