बीजेपीका कारण मदिरा उद्योग मौलायो : प्रियंका गान्धी « Khabarhub

बीजेपीका कारण मदिरा उद्योग मौलायो : प्रियंका गान्धी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–उत्तर प्रदेश र उत्तराखण्डमा विशाक्त मदिराका कारण ज्यान गुमाउनेका सङ्ख्या बढ्दै जाँदा भारतीय काँग्रेस पार्टीकी महासचिव प्रयंका गान्धीले त्यहाँका भारतीय जनता पार्टी बीजेपी नेतृत्वको सरकारले अवैध मदिरा उद्योगलाई प्रोत्साहन गरेको आरोप लगाएकी छिन् ।

‘‘उत्तर प्रदेश र उत्तराखण्डमा विशाक्त मदिरा सेवनका कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको घटनाप्रति म दुःखित छु । ती राज्यमा बीजेपी सरकारको सहयोगबिना अवैध मदिरा उद्योग सञ्चालन हुनै सक्दैनन् ।’’ गान्धीले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ।

उनले त्यहाँका बीजेपी सरकारले अवैध मदिरा उद्योगमाथि कडा कारवाहीका लागि समेत आह्वान गरेकी छिन् । काँग्रेसले पूर्वी उत्तर प्रदेशको नेतृत्व गर्नेगरी महासचिव बनाएपछि अवैध मदिरा उद्योगका विषयमा गान्धीको यस्तो भनाइ आएको हो ।

उत्तराखण्डको बालुपुर गाउँमा एक अन्त्येष्टि कार्यक्रमपछि मानिसहरुले अवैध मदिरा पिउँदा हालसम्म कम्तीमा ९७ जनाको ज्यान गइसकेको छ भने प्रहरीले अवैध मदिरा उद्योग सञ्चालक तथा कारोबारी गरी २ सय जनाभन्दा धेरैलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको