घाइतेको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

घाइतेको हेलिकप्टरमार्फत उद्धार


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार (काली) गम्भीर घाइते हुनुभएको छ । परियारको अवस्था गम्भीर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

परियारलाई रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा पोखरा लगिएको हो । घाइते चालकसहित ११ यात्रुको अवस्था खतरामुक्त रहेको र उनीहरुको बेनी अस्पतालमै उपचार भइरहेको छ ।

घाइतेलाई गलेश्वरमा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी युवा र स्थानीयवासीले तत्काल उद्धार गरी बेनी अस्पताल ल्याइएको थियो । गलेश्वरदेखि उकालो बाटोमा जाँदै गरेको जीप दुर्घटना हुनाको कारण खुल्न सकेको छैन । घाइतेको टाउको, छाति र हातखुट्टामा बढी चोट लागेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ०५ बजे

टोखामा पशु वधशाला तथा मासु जाँच ऐन-२०५५ कार्यान्वयन

काठमाडौँ– टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका

‘जलवायु अनुसन्धानका लागि थिङ्क ट्याङ्क र विश्वविद्यालयलाई बलियो बनाउनुपर्छ’

दिगो विकास र जलवायु परिवर्तनका मुद्दाहरूमा युवा तथा अन्य समुदायको

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

काठमाडौँ –  चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा.

इजरायलमा निर्वाचन धाँधलीको आरोप पुष्टि भएन, नेतान्याहुको सत्ता समीकरण चुनौतीपूर्ण

तेल अभिभ- इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि