ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा « Khabarhub

ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न उक्त एप्स सञ्चालनमा ल्याएको जानकारी दिए ।

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचकाक्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई वटा चालक राखिने हुँदा दुर्घटनामा कमी आउने बताए ।

एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको हो । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश–२ को सर्लाहीको कर्मैया र प्रदेश–५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको छ । आगामी दिनमा लामो दूरीका सबै क्षेत्रमा एप्स सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ४२ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको