सिरिन्ज आक्रमणमा फसेका पाठकलाई प्रहरीले छाड्यो सम्मानपूर्वक « Khabarhub

सिरिन्ज आक्रमणमा फसेका पाठकलाई प्रहरीले छाड्यो सम्मानपूर्वक


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेमा गत सोमबार हुँदै नभएको सिरिन्ज आक्रमणको घटनामा फसेका स्याङ्जा वालिङ नगरपालिका–१३ का ३४ वर्षीय शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले सम्मानपूर्वक छाडेको छ ।

धुलिखेल अस्पताल जाँदै गरेको अवस्थामा बसमा सवार एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै पाठकमाथि आरोप लगाइन् । ती महिलाले सिरिन्जको कुरा निकाल्ने वित्तिकै बसमा सवार यात्रुले पाठकमाथि हातपात गरे ।
उनले मेरो गल्ती छैन, मैले केही गरेको छैन भन्दा पनि त्यहाँ उनको आवाज सुन्ने कोही थिएनन् । तर, पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानपश्चात घटनामा उनको संलग्नता नभएको पाइएपछि प्रहरीले पाठकलाई सम्मानपूर्वक छाडेको हो । पाठकले काभ्रे प्रहरीसमक्ष आफूलाई निर्दोष साबित गराउन एक दिन पूरापूर संघर्ष गर्नुपर्‍यो। अन्ततः मंगलबार साँझ प्रहरीले उनलाई निर्दोष भन्दै ‘सम्मानपूर्वक’ छाडेको हो।

प्रहरीले सिरिन्ज प्रहार भए–नभएको यकिन गर्न ती युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो। अस्पतालले जाँच गरेर सिरिन्ज प्रहार नभएको यकिन गरेपछि प्रहरीले पाठकलाई सम्मानपूर्वक रिहा गरेको हो।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : १६ बजे

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि