यी बलिउड सेलिब्रेटी, जसको इन्गेजमेन्ट भयो तर विवाह भएन « Khabarhub

यी बलिउड सेलिब्रेटी, जसको इन्गेजमेन्ट भयो तर विवाह भएन


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – हिरो हिरोइनको इन्गेजमेन्ट, विवाह र डिभोर्स सामान्य विषय हुन् । हलिउड, बलिउड र कलिउडमा पनि अभिनेता अभिनेत्रीको सम्बन्ध समस्याहरु आउने गरेका छन् ।

भारतीय फिल्म उद्योगमा प्रेम सम्बन्धलाई विवाहसम्म लैजान केही सेलिब्रेटी असफल भएका केही उदाहरणहरु छन् । जसले विवाहका लागि इन्जेमेन्ट त गरे तर विवाह हुन सकेनन् । यस्ता केही सेलिब्रेटीका बारेमा हामी यहाँ चर्चा गर्दै छौं ।

सलमान खान र संगीता बिजलानी

सलमान खान अझै अविवाहित छन् । उनीसँग धेरै हिरोइन र युवतीहरुको नाम जोडिने गरेको छ तर पनि उनले विवाह गरेका छैनन् । सलमानले सन् १९९४ मै विवाहका लागि कार्डसमेत छापेका थिए तर विवाह रोकिएको थियो ।

सन् १९९४ मा सलमान संगीता बिजलानीसँगको सम्बन्धका कारण चर्चामा थिए । साथै, यी दुईको विवाहको कार्डसमेत छापिइसकेको भारतीय अनलाइनहरुले जनाएका छन् । सबै कुरा मिलिसकेको थियो तर अन्तिम अवस्थामा उनीहरुको विवाह तोडियो । सोमी अलीसँगको सम्बन्धका कारण संगीताले सलमानसँगको सम्बन्ध तोडिन् ।

अभिषेक बच्चन र करिष्मा कपुर

अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो ।

अभिषेक र करिष्माको जोडी बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी थियो । अमिताभ बच्चनको ६० औं जन्मदिवसमा यी दुईको इन्गेजमेन्ट भएको थियो । पछि जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् ।

अक्षय कुमार र रविना टन्डन

९० को दशकमा रविना र अक्षय बलिउडको ‘टक अफ द टाउन’ थिए । एक अन्तर्वार्तामा रविनाले एक मन्दिरमा आफूले अक्षय कुमारसँग गोप्य रुपमा इन्गेजमेन्ट गरेको खुलासा गरेकी थिइन् । तर अक्षयले रविनालाई धोका दिएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत हुन पाएन । पछि यी दुईले आफ्नो सम्बन्ध तोड्दै अलग बाटो रोजे ।

करिष्मा तन्ना र उपेन पटेल

यी दुई बिग बोस कार्यक्रममा नजिकिए । पछि उपेनले करिष्मालाई नच बलिएको सेटमा प्रपोज गरे । यी दुईले एक रियालिटी शोमा इन्गेजमेन्ट गरे र नीजि कारण देखाउँदै दुईले सम्बन्धविच्छेद भएको जानकारी दिए ।

विवेक ओबराय र गुरप्रित गिल

सन् २००० मा विवेकले फिल्मी क्षेत्रमा प्रवेश अघि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरे । त्यसको केही समयपछि यी दुई छुट्टिए । पछि विवेकले ऐश्वर्या राय बच्चनसँग डेट गरे । उनले सन् २०१५ मा प्रियंका अल्भासँग विवाह गरे ।

साजिद खान र गौहर खान

सन् २००३ मा फिल्म निर्माता साजिद दान र मोडल–नायिका गौहर खानले इन्गेजमेन्ट गरे तर उनीहरुको यसलाई कहिले सार्वजनिक गरेनन् । यी दुईले केही नीजि कारण देखाउँदै इन्गेजमेन्ट तोडेको बताए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया