आकाश र पूजाको ‘रामकहानी’ ले युट्युबमा कस्तो प्रतिक्रिया पायो ? | Khabarhub Khabarhub

आकाश र पूजाको ‘रामकहानी’ ले युट्युबमा कस्तो प्रतिक्रिया पायो ?


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ गत शुक्रवार युट्युबमा रिलिज गरियो । सिनेमा घरमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको जोडी छ । एउटा फरक लभस्टोरी भनिएको यो फिल्म एक विदेशी फिल्मको कथाबाट प्रभावित छ ।

पूजा र आकाशको शीर्ष भूमिका रहेको फिल्ममा केदारप्रसाद घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराज पौडेल, शिशिर राना लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

हालै युट्युबमार्फत सार्वजनिक गरिएको फिल्म हेरेर धेरै दर्शकले यो फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । विदेशमा रहेर युट्युबमार्फत फिल्म हेर्ने प्रायः दर्शकले ‘रामकहानी’ मन परेको प्रतिक्रिया दिएका छन् । सनम शर्माले लेखेकी छिन्, ‘ल है, आकाश र पूजाको फिल्मले मन छोयो, अन्तिममा बेसरी रुवायो, एकदम राम्रो छ ।’

‘यो फिल्मले मन छोयो, आँखाबाट आँसु पनि आयो, धेरै राम्रो फिल्म,’ एक प्रयोगकर्ताको प्रतिक्रिया छ । यस्तै अर्को एउटा प्रतिक्रिया छ, ‘एकदमै मन छुने फिल्म, मैले यसअघि कुनै पनि फिल्ममा यसरी कमेन्ट गरेको थिइन, फिल्म टिमलाई धेरै धेरै माया ।’

युट्युबमा धेरैले ‘रामकहानी’ ले मन छोएको, रुवाएको र कथा स्तरीय भएको भन्दै तारिफ गरेका छन् । धेरैजसोले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिनेमा धेरैले आफूहरु विदेशमा रहेर नेपाली फिल्म हेरिरहेको बताएका छन् ।

यद्यपि यो फिल्म युट्युबको ट्रेन्डिङमा भने पछि परेको छ । सोही दिन रिलिज भएको नेपाली फिल्म ‘फाटेको जुत्ता’ र दक्षिण भारतीय फिल्महरु ‘रामकहानी’ भन्दा शीर्ष स्थानमा छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : ५८ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने