ग्यास्ट्रिकले हैरान हुनुभएको छ, बिरेनुन हो अचुक औषधि « Khabarhub

ग्यास्ट्रिकले हैरान हुनुभएको छ, बिरेनुन हो अचुक औषधि


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ ।

बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ ।

बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ ।

बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ । खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।

बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ ।

दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।

दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : २९ बजे

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी