सिरियामा बारुदी सुरुङ विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु « Khabarhub

सिरियामा बारुदी सुरुङ विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियामा बारुदी सुरुङ विस्फोट हुँदा कम्तीमा ७ बालबालिका मारिएका छन् ।

पूर्वी सिरियाको डिएर एजजोर प्रान्तस्थित दब्लान गाउँमा उक्त घटना भएको हो । आतंकवादी संगठन इस्लामिक स्टेटले बेवारिसे अवस्थामा छाडेको बारुदी सुरुङ विस्फोट भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ ।

आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएका सिरियाका धेरै क्षेत्रमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र अन्य घरेलु बम भेटिने गरेका छन् । यस्ता विस्फोटक पदार्थमा परी नियमितजस्तै सर्वसाधारणको ज्यान जाने गरेको छ ।

गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन बालबालिकाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ४६ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे