धितोपत्र बजारः नेप्से परिसूचक ओरालो « Khabarhub

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो ।

उतारचढावका बीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अङ्कले घटेर २६८.३३ मा थामियो ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोवार भएका ११ मध्ये तीन उपसमूहको शेयर मात्र बढ्यो । बैंकिङ १.७८, लघुवित्त ३.५२ र जीवन बीमा उपसमूहका शेयर १.४४ अङ्कले बढ्दा होटल ३.७८, विकास बैंक २.७६, जलविद्युत् ४.५४, वित्त ०.९८, निर्जीवन बीमा १६.७५, उत्पादन २७.०१, अन्य ६.९३ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले घटे ।

स्टकका अनुसार सिभिल बैंकको संस्थापक शेयर रु १७ करोड ५३ लाख ५९ हजार ४०० मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यस्तै सिटिजन लगानी कोषको शेयर रु चार करोड ११ लाख ६५ हजार ८१०, नेपाल बैंक रु दुई करोड २३ लाख १७ हजार ०१४, एनआइसी एशिया बैंक रु एक करोड ६५ लाख ९५ हजार ६३४ र शिवम् सिमेन्ट्सको शेयर रु एक करोड ५५ लाख ७१ हजार ४५५ मा खरीद बिक्री भए ।

घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८१ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेड ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.४४, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४.१३ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७९ प्रतिशतले कमाए ।

सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.६७ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैंक ६.०९, आँखु खोला जलविद्युत् कम्पनी ५.४०, नविल इक्वुटी फण्ड ४.८४, कर्पोरेट डेभलपमेन्ट बैंक ४.८ र घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ३.३७ प्रतिशले गुमाए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ४४ बजे

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म