गगन थापाको प्रश्न–संसद सभामुखले चलाएको छ कि सरकारले ? « Khabarhub

गगन थापाको प्रश्न–संसद सभामुखले चलाएको छ कि सरकारले ?


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सीमित हुँदै गएको आरोप लगाएका छन्  ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवन मा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाँको रुपमा संसद सीमित भएको र सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी सांसद थापाको थियो ।

उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए ।

“एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाँको रुपमा सीमिति रहेको छ’ उनले भने,‘सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।’

उनले जब सम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा प्रतिपक्षीको सहयोग नहुने र यसको सामना गर्न सभामुख तयार रहनुपर्ने बताए ।

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि ‘व्याक’ भएको दाबी सांसद थापाको थियो ।

“संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरले हामी तयार छैनौ भन्नुभयो । कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो’ थापाले भने,‘ कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौ भन्दा कुरा समेत पनि राख्न नदिने । किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाही आदेश पालना गरे जस्तो भयो ।’

हिजोको बैठकमा मन्त्रीले ‘म संसदीय समितिको सामना गर्न तयार छु ’ भनेको र सभामुखले म पोजेटिभ छु । बनाछु ।’ भनेपनि
आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार भएको आरोप सांसद थापाको थियो ।

‘आफै पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाईरहेको छ ?” थापाले प्रश्न गरे ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ५८ बजे

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा

महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक