इम्प्लान्ट खरिदका लागि छानिएका कम्पनी नआएपछि ट्रमाका बिरामी मारमा | Khabarhub Khabarhub

इम्प्लान्ट खरिदका लागि छानिएका कम्पनी नआएपछि ट्रमाका बिरामी मारमा


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराउने बिरामीलाई इम्प्लान्ट खरिदमा सहुलियत दिने भनेपनि बिरामीले भने सहुलियत पाउन सकेका छैनन् ।

इम्प्लान्ट खरिद प्रक्रियामा छनोट भएका कम्पनी सम्झौता गर्न नआएपछि बिरामीले अस्पतालबाहिरबाट इम्प्लान्ट खरिद गर्नु परेको अस्पतालका प्रमूख डा प्रमोद यादवले बताए ।

अस्पतालको फार्मेसीमा इम्प्लान्ट नहुँदा बिरामीले विपन्न नागरिकले पाउनुपर्ने सहुलियत रकम पूर्ण रुपमा उपभोग गर्न नपाएको भन्दै राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक सेवा इकाले २०७५ साल वैशाख ३१ गते अस्पतालकै फार्मेसीमा इम्प्लान्ट उपलब्ध गराउन अस्पताल प्रशासनलाई पत्राचार गर्‍यो ।

सामाजिस सेवा इकाइको पत्राचारपछि अस्पतालको खरिद शाखाले २०७५ साल माघ २४ गते हेड इन्जुरी र इन्पाइनल इन्जुरीको उपचारमा प्रयोग हुने इम्प्लान्ट खरिदका लागि बोलपत्र आब्हान गर्‍यो । बोलपत्र खुल्ला भएपछि ९ वटा इम्प्लान्ट बिक्रेता कम्पनीले ट्रमा सेन्टरको फार्मेसीमा इम्प्लान्ट उपलब्ध गराउन इच्छा देखाए ।

इम्प्लान्ट बिक्रीका लागि आवेदन दिएका कम्पनीको मुल्याङ्कनका समितिले ४ महिनापछि ५ वटा कम्पनी अस्पतालमा इम्पान्ट खरिदका लागि योग्य रहेको प्रतिवेदन तयार पार्यो‍ ।

समितिले योग्य ठहर गरेका ५ वटा कम्पनीबाट अस्पतालले २ वटा कम्पनीलाई छनोट गरी खरिद सम्झौताका लागि पत्र पठायो । तर इम्प्लान्ट खदिर प्रक्रियामा छनोट भएका सिपी अर्गनाइजेसन र मुनलाइट ट्रेडर्स नामक इम्प्लान्ट बिक्रेता कम्पनी खरिद सम्झौताका लागि अस्पतालमा गएनन् ।

असार पहिलो साता नै सम्झौता गरी अस्पतालकै फार्मेसीमा इम्प्लान्ट उपलब्ध गराउने योजना भएपनि छनोट भएका कम्पनी सम्झौता गर्नै नआएको अस्पतालाकी फामेर्सी अधिकृत प्रकृती गौतमले बताइन् ।

उनले भनिन्, ‘असारको पहिलो साता नै सम्झौता गरी इम्प्लान्ट अस्पतालको फार्मेसीबाट उपलब्ध गराउने योजना थियो तर छनोट भएका कम्पनी सम्झौता गर्नै आएनन् ।’

इम्प्लान्ट खरिदका लागि छनोट गरिएको कम्पनी सम्झौता गर्न नआएपनि अस्पतालले खरिद प्रक्रियालाई रद्ध गरी आगामी आर्थिक वर्षमा फेरि नयाँ डेन्डर आब्हान गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेड डा प्रमोद यादवले बताए ।

‘इम्प्लान्ट खरिदका लागि छनोट भएका कम्पनी सम्झौता गर्न नै नआएपनि हामीले यो आर्थिक वर्षमा बिरामीलाई अस्पतालको फार्मेसीबाट इम्प्लान्ट उपलब्ध गराउन सकेनौं,’ डा यादवले खबरहबसँग भने, ‘ अब नयाँ टेन्डर निकाल्छौं, र प्रक्रिया अघि बढाउँछौं ।’

नयाँ खरिद प्रक्रियामा इम्प्लान्ट बिक्रीका लागि आउने कम्पनीलाई धरौटीको सहित आवेदनको व्यवस्था गर्ने डा यादवले बताए । उनले यसअघि छनोट भएर पनि सम्झौताका लागि नआएका कम्पनीलाई कालो सूचीमा राखिएको बताए ।

‘यसरी छनोट भएपनि सम्झौता गर्न नआएका कम्पनीलाई हामी कालो सूचीमा राखेका छौं, अन्य टेन्डरमा उनीहरुले अब आवेदन समेत दिन पाउँदैनन्,’ डा यादवले भने, ‘मन लागे आउने मन नलागे नआउँने गर्दा बिरामीले सेवा पाएनन्, त्यसैले अब शुरुमै धरौटी रकमसहित टेन्डर प्रक्रियामा आउनुपर्ने व्यवस्था गछौं ।’

अस्पतालकै फार्मेसीमा इम्प्लान्ट नहुँदा विपन्न नागरिक औषधि उपचार कोषबाट सहुलियत पाउने बिरामीले अस्पतालको पूर्ण सहुलियत उपभोग गर्न पाएका छैनन् । बिरामीहरुले अस्पतालबाहिर नै महंगो शुल्कमा इम्प्लान्ट विक्रेतासँग इम्प्लान्ट किन्नुपर्ने बाध्यता रहेको छ ।

इम्प्लान्ट भनेको हड्डी सम्बन्धि समस्या भएका बिरामीको शरीरभित्र प्रयोग गरिने रड, किला, पाला लगायतका मेडिकल सामाग्री हुन् हुन् । इम्प्लान्टका लागि आवश्यक पर्ने सामाग्री १५ हजारदेखि ५ लाखसम्म पर्ने व्यवसायीहरु बताउँछन् ।

गुणस्तर छ/ छैन चिकित्सकलाई नै थाहा हुँदैन

बिरामीको शरीरभित्र प्रयोग गरिने इम्प्लान्टहरुको गुणस्तरबारे बिरामीका आफन्त र बिरामीलाई कुनै जानकारी हुँदैन । उपचार गर्नैपर्ने भएकाले बिरामी तथा बिरामीका आफन्तले चिकित्सकको सल्लाहमा इम्प्लान्ट राखेर उपचार गर्छन् ।

तर, शल्यक्रिया गरेर बिरामीको शरीरभित्र इम्प्लान्ट राख्ने चिकित्सकलाई पनि ती इम्प्लान्टको गुणस्तरबारे कुनै जानकारी हुँदैन । चिकित्सकले पनि कम्पनीले भनेको आधारमा विश्वास गरेर बिरामीलाई इम्प्लान्ट राखिदिने गरेको डा आचार्यले बताए ।

‘नेपालमा इम्प्लान्टको गुणस्तर परीक्षण गर्ने कुनै निकाय नै छैन । अहिलेसम्म प्रयोग भएका इम्पान्टहरुले बिरामीलाई असर भएको तथा विग्रिएको भन्ने कुरा सुनिएको छैन,’ अर्थोपेडिक डाक्टर परिमल आचार्य भन्छन्, ‘बिरामीमा प्रयोग भइसकेपछि नराम्रो असर परेको सुनिएको छैन त्यसैले राम्रै होला भन्ने विश्वास गरेर प्रयोग गरिरहेका छौं ।’

राम्रै कम्पनीको पनि नक्कली इम्प्लान्ट

वीर अस्पतालको फार्मेसीमा पनि अर्थोपेडिक इम्प्लान्टहरु उपलब्ध छैन । इम्प्लान्टहरु अस्पतालमा उपलब्ध नहुँदा अस्पतालमा बिरामीले प्रयोग गर्ने इम्प्लान्टहरुको मूल्य फरक–फरक रहेको अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति डाक्टर सुबोध अधिकारीले बताए ।

नेपालमा इम्प्लान्टहरु नियन्त्रण नियमन गर्ने निकाय नहुँदा गुणस्तर कम्पनीको भनेर खदिर गरेकै इम्प्लान्टहरु नक्कली कम्पनीको समेत पर्ने गरेको डा. अधिकारीको भनाइ छ ।

‘नेपालमा यस्ता सामान नियन्त्रण नियमन गर्ने निकाय नहुँदा स्ट्याण्डर कम्पनीको भनेर खरिद गरेको सामाग्री नक्कली पनि पर्ने गर्छ,’ डा अधिकारीले खबरहबसँग भने, ‘नक्कली कम्पनीको उस्तै प्रकारको इम्प्लान्ट भेटिएका पनि छन् ।’

वीर अस्पतालका सर्जन समेत रहेका डा. अधिकारीका अनुसार नक्कली कम्पनीले कम लागतमा गुणस्तरहीन इम्प्लान्ट तथा सर्जरीका सामाग्रीहरु बनाएर गुणस्तर कम्पनीको मुल्यमा समेत बेच्ने गर्छन् ।

‘हामीलाई ‘वरिजिनल’ कम्पनीका व्यवसायीहरु आएर नै भन्नुहुन्छ– ‘डाक्टर तपाईले प्रयोग गरेको सामाग्री नाम मात्रै हाम्रो छ, तर त्यो हाम्रो कम्पनीको होइन है ।’ यस विषयमा डाक्टर अधिकारीले भने, ‘उहाँहरुले नै त्यसमा गुणस्तर नहुन सक्छ भनेर सचेत गराउनुहुन्छ ।’

मानिसको स्वास्थ्य उपचारमा प्रयोग हुने इम्प्लान्टहरुको गुणस्तरको परीक्षण नै नभइ प्रयोग भइरहँदा पनि स्वास्थ्य मन्त्रालयले नियमन नियन्त्रण नगरेको डा अधिकारीले बताए ।

‘सरकारले नेपालभित्र रहेका इम्प्लान्ट बिक्री गर्ने सप्लार्यसमा समय–समयमा अनुगनम गर्नुपर्ने हो । तर इम्प्लान्ट विक्री गर्ने कम्पनीमा अनुगमन भएको हामीले अहिलेसम्म थाहा पाएका छैनौं ।’

इम्प्लान्टहरु मानिसको जीवन र स्वास्थ्यसँग सम्बन्धित गम्भिर र संवेदनशील वस्तु हो । नेपाली बजारमा पाइने इम्प्लान्टहरुको गुणस्तर विभिन्न किसिमका छन् । देशअनुसार विभिन्न ब्राण्ड र गुणस्तरको भएपनि ब्राण्डेट कम्पनीको नाममा बजारमा पाइने नक्कली इम्प्लान्टले मानव स्वास्थ्यमा गम्भिर असर पर्नसक्ने डा अधिकारी बताउँछन् ।

नक्कली र सक्कली चिन्नै मुस्किल

नेपाल भित्रिने नक्कली कम्पनीको इम्प्लान्टहरु चिन्नलाई मुस्किल पर्ने डा अधिकारी बताउछन् । सरकारी अस्पतालका अर्थोपेडिक सेवा विभागका चिकित्सकले नाम सुनेको कम्पनीको इम्प्लान्टहरु राम्रा हुन्छन् भन्ने विश्वास लिएर अस्पतालहरुमा मगाउँछन् ।

तर ब्राण्डेट कम्पनीको भनेर खरिद गरेका इम्प्लान्ट पनि नक्कली भएको अवस्थामा छुट्याउन नसकिने डा अधिकारी बताउँछन् ।

‘नेपाल सरकारले मानिसको शरीरमा प्रयोग हुने इम्प्लान्टहरुको अनुगमन नै गरेको छैन चिकित्सक आफैले अन्तर्राष्ट्रिय बजारमा नाम चलेको कम्पनीको इम्प्लान्टहरु प्रयोग गर्ने हो ।,’ डा अधिकारी भन्छन्, ‘कहिलेकाँही राम्रो कम्पनीको नक्कली इम्प्लान्ट आइदिँदा डरलाग्दो अवस्था हुन्छ ।’

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ५ : ५३ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे