ट्रम्प प्रशासनलाई कमजोर र असक्षम भनी टिप्पणी गर्ने बेलायती राजदूतले दिए राजीनामा « Khabarhub

ट्रम्प प्रशासनलाई कमजोर र असक्षम भनी टिप्पणी गर्ने बेलायती राजदूतले दिए राजीनामा


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- ट्रम्प प्रशासनबारे विवदास्पद टिप्पणी सार्वजनिक भएपछि आलोचित बनेका अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले राजीनामा दिएका छन् ।

बेलायतको विदेश मन्त्रालयले डारकले राजीनामा दिएको पुष्टि गरेको हो । यसअघि उनले पठाएका गोप्य इमेलमा ट्रम्प प्रशासन कमजोर र असक्षम रहेको टिप्पणी खुलासा भएको थियो । इमेलमा उनले ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस विभाजित रहेको टिप्पणी समेत गरेका थिए ।

मेल अन सण्डे नामक बेलायती अखबारले सार्वजनिक गरेको उक्त इमेलमा राजदूत डारकले ट्रम्प प्रशासन सामान्य, सुरक्षित र सक्षम भइहाल्ने सम्भावना नरहेकोसमेत टिप्पणी गरेको उल्लेख थियो । त्यस्तै, इमेलमा उनले ट्रम्प आत्मकेन्द्रीत रहेको समेत उल्लेख गरेका थिए ।

डारकको टिप्पणीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै राजदूत डारकसँग आफूहरूले व्यवहार नगर्ने बताएका थिए । ट्रम्पले डारकको टिप्पणीलाई लिएर बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया